अप्पर स्याङ्गे हाइड्रोको साधारणसभा असोज १८ मा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारणसभा डाकेको छ । 

सभा, असोज १८ गते चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेट, काठमाडौंमा बिहान १० बजेदेखि बस्नेछ । 

Advertisement

यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै एजेन्डा समावेश गरेको छैन । 

सभाले वार्षिक र लेखापरीक्षण प्रनिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथैअघिल्लो आवमा गरेको आर्थिक सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ । 

सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्नेछ । असोज २ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।

Advertisement