नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

Advertisement

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । 

सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट इकाइधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । 

प्रतिफल वितरण प्रयोजनार्थ भदौ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । अतः भदौ २५ गतेसम्म कायम इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस्तै नबिल ब्यालेन्स्ड फण्ड २ इकाइधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रतिफल प्रयोजनार्थ असोज ११ गते एक दिन बुक क्लोज हुनेछ । असोज १० सम्म कायम इकाइधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisement