सुनको मूल्य प्रतितोला १ हजार बढ्यो, हालसम्मकै उच्च मूल्यमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । आज बढेर कारोबार भएसँगै सुनको हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको हो । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement