शेयर बजारमा शिथिलता छाएसँगै ६ अर्ब ८५ करोडमा खुम्चियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज बनि बजार उच्च अंकले घटेको हो । जति जति बजार तल झर्दै गएको छ, कारोबार रकम पनि उसैगरी खुम्चिंदै आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७३ अंकले घटेको छ । ०.८६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१०.२१ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि वित्त, निर्जीवन बीमा र ट्रेडिङ समूह क्रमशः ०.४३, ०.०२ र ०.१६ प्रतिशतले घटेका छन् । अरु बाँकी समूह राताम्मे भए । 

undefined

आज ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१.१८ रुपियाँ बराबरको कारोबार भएको भएको छ । 

वीन नेपाल लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.४८ प्रतिशतले नाफा कमाउँदा एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८८ प्रतिशतले घाटा व्यहोरे । 

आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ, सोमबार ५५.८६ अंकले बजार घट्दा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ र हिजो मंगलबार १३.०९ अंक बजार घट्दा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१।३९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement