एनआईसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो ।

एनआइसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण प्रयोजनार्थ भोलि शुक्रबार बुक क्लोज गर्दैछन् ।

Advertisement

यसर्थ आजसम्म कायम इकाइधनीले मात्रै सम्बन्धित फण्डहरूले वितरण गर्ने लाभांश पाउनेछन् ।

एनआईसी एशिया सेलेक्ट ३० ले १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०.५० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत, र ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत प्रतिफल (करसहित) वितरण गर्दैछन् ।

Advertisement

Advertisement