नबिल स्टक डिलरले शेयरधनीलाई ८ प्रतिशत लाभांश दिन डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडको साधारणसभा असोज २० गते बस्ने भएको छ । 

भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा दरबारमार्गस्थित रजिष्टर्ड कार्यालयमा बस्नेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी स्वीकृत गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष एजेन्डा सभामा प्रस्तुत हुनेछ । 

Advertisement

Advertisement