इम्पेरियल सेक्युरिटिजद्वारा २५ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

Advertisement

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले लाभांश प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । 

सभा, कम्पनीको मुख्य कार्यालय अनामनगर, काठमाडौंमा दिउँसो ३ बस्नेछ । 

Advertisement

सभाले २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले बोनस शेयर वितरणपश्चात् सोही हदसम्म कायम हुने गरी चुक्ता पूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी अघिल्लो आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहितका अन्य वित्तीय विवरण पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले असोज १० देखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । असोज ९ गतेसम्म कायम शेयरधनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

Advertisement

Advertisement