काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सञ्चालक समिति आज बिहान बसेको बैठकले आव २०८०–८१ को इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सीईओ मन्दिप लुईंटेलले जनाएका छन् ।