काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार बढेर नयाँ रेकर्ड बनेको छ । आज चाँदी पनि प्रतितोला ६५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।