बीमा कम्पनीहरूलाई नविनतम् प्रविधि अपनाउन र कार्यक्षेत्र विस्तार गर्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा लगानी बढाउने र कार्यक्षेत्र विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । 

Advertisement

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुप¥यो, स्थानीय बीमा सर्भेयरलाई काम दिनुप¥यो, घटना जहाँ हुन्छ त्यहाँ नै कारवाही हुने र त्यसमा जोखिमाङ्कन गर्ने व्यक्ति र कार्यालय प्रमुख जिम्मेवार हुने भएकाले इमान्दारीपूर्वक काम गर्नुपर्यो ।”

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिए । 

कार्यक्रममा सहभागीहरूले जुन प्रदेशमा उद्योग व्यवसाय छन् तिनको त्यही प्रदेशका बीमा कम्पनीबाट नै बीमा गराउनुपर्ने व्यवस्था हुनुपर्ने, केन्द्रमा मात्र नभई प्रदेशमा पनि तालिम आयोजना गर्नुपर्ने, प्रदेश तथा शाखा कार्यालयमा पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । 

undefined

यसैगरी, उनीहरूले लघुबीमा कम्पनीले गर्ने बीमा पनि ठूला बीमा कम्पनीहरूले गर्ने गरेको, सम्पत्ति बीमामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको र सर्वसाधारणलाई बीमाका बारेमा बुझाउन नसकिएको विचार व्यक्त गरेका थिए । 

कार्यक्रममा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिइन् । 
 

Advertisement