साढे दुई अर्ब लगानीमा तयार पाँचतारे होटल लेमन ट्री प्रिमियर औपचारिक सञ्चालनमा

Advertisement

काठमाडौं । राजधानीको बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री प्रिमियर सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान उक्त होटल उद्घाटन गरे । 

रु साढे दुई अर्ब लगानीमा निर्मित यो होटल निर्माण सम्पनन हुन पाँच वर्ष समय लागेको थियो । एक सय दुई कोठा (रुम) यो होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिनसक्ने प्रम ओलीले बताए । 

Advertisement

उनले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको बताउँदै सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गरे । 

उनले भने, ‘तपाइँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ ? ट्रयाकिङ् लागि हामीले प्रविधि बनाइसकेका छौँ । तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् ।’ 

Advertisement