समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

Advertisement

संस्थाले यसअघि २० हजार कित्ता शेयर संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र १५ हजार कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो । बिक्री हुन बाँकी ५ हजार कित्ता शेयर सर्वसाधरणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको संस्थाले जनाएको छ । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय  बनेपा–७ काभ्रेपलान्चोकमा आफूले किन्न चाहेको शेयर र सोको दर खुलाई निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement