काठमाडौं । माछापुच्छ्रे बैंकले असोज महिनाका लागि पनि ब्याजदर स्थिर नै राखेको निर्णय गरेको छ ।
बैंकले असोजमा भदौकै ब्याजदरलाई निरन्तरता दिनेछ । भदौमा पनि साउनकै ब्याजदर कामय थियो । अर्थात् पछिल्ला तीन महिनामा बैंकको ब्याजदर स्थिर रहेको छ ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
त्यस्तै, साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।