काठमाडौं । सानिमा बैंकले ब्याजदर घटाएको छ ।
बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर तोकेको थियो ।
त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर थियो ।