नेपाल बैंकमा निक्षेपको ब्याजदर बढ्दा कर्जाको घट्यो

Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।

Advertisement

बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिट्यान्सतर्फ ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । 

भदौमा भने बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तथा रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो । 

त्यस्तै, बैंकले साधारण बचत खातामा भने न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । 

यता बैंकले कर्जातर्फको ब्याजदर भने घटाएको छ । भदौमा बैंकको आधारदर ७.८७ प्रतिशत रहेकामा असोजका लागि ७.५४ प्रतिशतमा झारेको छ । 

Advertisement

Advertisement