काठमाडौं । नबिल बैंकले असोजका लागि ब्याजदर घटाएको छ ।
बैंकले असोज १ गतेदेखि लागू हुने गरी असारदेखि स्थिर रहेको ब्याजदर परिवर्तन गरेको हो ।
बैंकले असोजमा मुद्दती व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।