वाणिज्य बैंकहरुले कमाए ९ अर्ब १७ करोड नाफा, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको खुद नाफा ७.६३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक तथ्यांकले यस्तो देखाएका हो । 

हाल नेपालमा २० वाणिज्य बैंक छन् । साउनमा उनीहरुले नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही महिनाको भन्दा ६५ करोड ११ लाख रुपियाँ बढी हो । गत आवको समीक्षा अवधिमा आठ अर्ब ५२ करोड ५० लाख रुपियाँ खुद नाफा कमाएका थिए । गत आवभर भने ६४ अर्ब १५ करोड ३० लाख रुपियाँ खुद नाफा कमाएका थिए ।

Advertisement

साउनमा नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ । उक्त बैंकले ८९ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

दोस्रो स्थानमा भने नबिल बैंक रहेको छ । उसले ८० करोड ३३ लाख रुपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा भने कृषि विकास बैंक रहेको छ । उक्त बैंकले ७१ करोड २० लाख रुपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ५७ करोड ७५ लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्शियलले ५० करोड ५५ लाख, कुमारीले ५० करोड ३५ लाख, लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख, एनएमबिले ४२ करोड ७२ लाख, एभरेष्टले ४२ करोड २९ लाख र सानिमाले ३८ करोड २६ लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड छ लाख, सिद्धार्थले ३४ करोड ८८ लाख, सिटिजन्सले ३४ करोड २२ लाख, नेपाल एसबिआईले ३३ करोड ३३ लाख, स्ट्यान्डर्ड चार्टर्डले ३१ करोड १५ लाख, एनआईसी एसियाले २६ करोड ६३ लाख, नेपाल बैंकले २२ करोड ३९ लाख र माछापुच्छ्रले २० करोड २४ लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

undefinedविकास बैंक र फाइनान्सले कति कमाए ? 

समीक्षा अवविमा १७ विकास बैंकको नाफा पनि ९.७६ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा उनीहरुले ७७ करोड ८० लाख रुपियाँ नाफा कमाएका थिए । चालु आवको साउन महिनामा ८५ करोड ४० लाख रुपियाँ खुद नाफा कमाएका छन् । 

यसैगरी १७ वित्त कम्पनीको नाफा भने २३.५६ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा उनीहरुले १९ करोड १० लाख रुपियाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो महिनामा त्यो २३ करोड ६० लाख रपियाँ पुगेको तथ्यांकमा उल्लेख छ । 

null

साउन महिनामा वाणिज्य, विकास र वित्त कम्पनीको कुल खुद नाफा १० अर्ब २६ करोड ५० लाख रुपियाँ छ । यो गत आवको सोही महिनाको तुलनामा ८.१२ प्रतिशतले बढी हो । गत आवको सोही महिनामा उनीहरुको खुद नाफा नौ अर्ब ४९ करोड ४० लाख रुपियाँ थियो ।
 

Advertisement