नर्भिक इन्टरनेसनल हस्पिटलको २२.१ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना शेयरधनीलाई २२.१ प्रतिशत लाभांश दिने भएको छ । 

लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले साधारणसभा बोलाएको छ । सभा, असोज २३ गते, बिएलसी सभाकक्ष, थापाथली काठमाडौंमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखपरीक्षकको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

साथै, बोनस शेयर जारीपश्चात् आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डासमेत सभाका रहेका छन् । 

Advertisement

Advertisement