काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, सप्तरीमामा आवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र उक्त शेयर बिक्री नभए अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया बढाउने कम्पनीले जनाएको छ ।