लाभांश प्रस्ताव पारित गर्न शिवम होल्डिङ्ग्सले बोलायो साधारणसभा

Advertisement

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । 

कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो । 

Advertisement

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपियाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपियाँ नगद लाभांश वितरण गर्नेछ

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Advertisement

Advertisement