सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

सञ्चालक समितिको बैठक आज बसेको बैठकले आव २०८०–८१ को वितरण योग्य नाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/– को ४ प्रतिशतले  हुने रु ५६,८०,३८,९६०.२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७.३८ सहित जम्मा रु ५९,७९,३५,७४७.६१ दिने प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisement

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५–६६ देखी नै निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५–६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 


 

Advertisement

Advertisement