बीपीबाहेक सबै राजमार्गहरु तीन दिनभित्र सञ्चालनमा ल्याइने, यस्तो छ तयारी

Advertisement

काठमाडौं । सरकारले तीन दिनभित्र बीपी बाहेक सबै राजमार्गहरु सञ्चालन ल्याउने बताएको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालका सचिव केशवकुमार शर्माले संसदको पूर्वाधार समितिमा बोल्दै अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएका हुन्।

‘बीपी राजमार्ग अन्तर्गतको भकुण्डेबेसी–नेपालथोक सडक खण्डको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त छ । कति ठाउँमा सडक पुरै बगाएको अवस्था छ । यस्तो ठाउँमा बैकल्पिक मार्ग निर्माण गुर्नपर्ने स्थिति छ । यो दशैं अघि सम्भव होला जस्तो छैन’ सचिव शर्माले भने, ‘तर, अरु राजमार्ग भने दशैंअघि नै खुल्छ ।’

Advertisement

सचिव शर्माले बीपी बाहेक अरु राजमार्गहरु तीन दिनभित्र खुलाईने समितिलाई जानकारी दिए ।

बाढी पहिरोको कहरपछि बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका सडक सञ्जाल तथा पुलहरुको स्थिति बारे जानकारी दिएको मन्त्रालयले बीपी बाहेक अरु चारवटा राजमार्ग सुधारको चरणमा रहेको जानकारी दिएको थियो । यस्तै देशभरका १२ वटा पक्की पुलमा समस्या रहेको तथ्यांक पेश गरेको थियो ।

सचिव शर्माले खुर्कोटको सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बाढीले बगाएकोमा सो स्थानमा बेलिब्रिज जडान गर्ने कार्य सुरू गरिसकिएको जानकारी दिए । तर, फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने उनको भनाइ छ।
फोक्सिङटार पुल सञ्चालनका लागि ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण तत्काल सम्भव नदेखिएको उनको भनाइ छ । तर, आवश्यक लम्बाईको पुल झिकाउन पहल गरिने उनले बताए । 

समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले देशभरका पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए। 

Advertisement

Advertisement