सुनको मूल्य प्रतितोला ३ सय घट्यो

Advertisement

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा  कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार सय निर्धारण भएको छ ।

Advertisement

यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८५ निर्धारण भएको छ । 

Advertisement

Advertisement