महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तर तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनीसचिवको कार्यालय अग्निसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ । 

शेयरको बिक्री मूल्य भने बिक्रेताले ताकेबमोजिम हुने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement