एभरेष्ट बैंकको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

यस सभाले शेयरधनीहरुलाई आब २०८०-८१ का लागि १०% बोनस शेयर र ५.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

Advertisement

साथै बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुनः निर्बिरोध निर्वाचित गरेको छ । 

आब २०८१–८२ को लागि एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

Advertisement

Advertisement