बाढी पहिरोले क्षति पुर्याएको वीपी र पुष्पलाल राजमार्गमा सेनाद्धारा बेली ब्रिज जडान सुरु

Advertisement

काठमाडौं । नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथिको भत्केको बेली ब्रिज जडान कार्य सुरु भएको छ । 

सेनाले तस्वीरहरु सार्वजनिक गर्दै अस्थायी पुल निर्माण सुरु गरेको जनाएको हो । बेली ब्रिज जडानपछि सडक सञ्चालनमा आउने छ । दशैंअघि नै सडक सुचारु हुनेगरी कार्य अघि बढाइएको बताइएको छ ।

Advertisement

एक साताअघिको भारी बर्षापछि आएको बाढी पहिरोमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यस क्रममा थुप्रै राष्ट्रिय राजमार्ग र स्थानीय सडकहरुमा क्षति पुगेको थियो । 

Advertisement

Advertisement