ग्लोबल आईएमई क्यापिटलको साधारणसभा कात्तिक २१ मा बस्ने

Advertisement

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीका अनुसार सभा कात्तिक २१ गते बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ । 

Advertisement

सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, गत आवको संशोधित लेखापरीक्षण शुल्क अनुमोदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको गत आवको वित्तीय विवरण, नाफानोक्सान वितरण, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । 

त्यस्तै, शेयरधनीका तर्फबाट प्रतनिधित्व हुने सञ्चालकमध्ये एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक २ जना नियुक्त गर्ने एजेन्डा रहेको छ । 

Advertisement

Advertisement