सानिमा लिमिटेडले आईपीओ जारी गर्न डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारीको प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो । 

Advertisement

सभाले आईपीओ जारी गर्ने तथा सोबाट प्राप्त रकम उपयोगका लागि रणनीति बनाउने र त्यससम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै शेयरधनीका नाममा कायम शेयरबापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५.७४२१ प्रतिशत (करसहितं लाभांश वितरण गर्ने, वार्षिक र लेखापरीक्षक प्रतिवेदनसहित गत आवका वित्तीय विवरण छलफल गरी पारित गर्ने एजेन्डा छन् । 

त्यस्तै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्तिको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement