काठमाडौं । दशैं पर्वको उत्साहसँगै शेयर बजारमा पनि उत्साह छाएको छ । बजार आज दोस्रो दिन पनि उच्च अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३७.१३ अंकले बढेको हो । १.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९०.७२ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि वित्त र उत्पादनमूलक समूह क्रमशः ०.७१ र १.२९ प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी होटल समूह ३.५० प्रतिशतले बढेको छ ।
आज ३०५ कम्पनीका १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७.१७ रुपियाँ बराबरको कारोबार भएको छ ।
थ्रीस्टार हाइड्रो र दोल्ती पावरका लगानीकर्ताहरुले क्रमशः ९.९३ र ९.६८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत घाटा व्यहोरेका छन् ।
आज चन्द्रागिरि हिल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड २३ लाख १७ हजार ६सय ७१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५६.०९ अंकले बजार बढ्दा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५.७० रुपियाँ बराबरको कारोबार भएको थियो ।