राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य, अब राजा ज्ञानेन्द्र राज्यरोहण सिक्काको रु. ७, ८५०

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य बढाएको छ ।

सुनचाँदी तथा अन्य धातु खरिद टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो । 

Advertisement

यसअघि ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको केन्द्रीय बैंकले अब सो सिक्काको मूल्य ७ हजार ८५० रुपैयाँ तोकेको छ । 

यस्तै, राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्‍याइएको बैंकले जनाएको छ । 

कुन सिक्काको कति बढ्यो मूल्य ?

undefined

Advertisement

Advertisement