काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज (असोज २२ गते) अन्तिम दिन रहेको छ ।
सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश आजसम्म मात्रै सुरक्षित गर्न सकिन्छ ।
लाभांश वितरण प्रयोजनार्थ यी तीन वटै म्युचुअल फण्डहरूले भोलि असोज २३ गते बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म कायम इकाइधनीहरूले मात्रै सम्बन्धित फण्डले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।
सिटिजन्स म्युचुअल फण्ड १ ले करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले करसहित १० प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेका छन् ।