आशा लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

लघुवित्त सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Advertisement

लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपियाँबराबरको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख ३० हजार रुपियाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपियाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपियाँ लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement