काठमाडौं । गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् ।
सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले असोज २३ गते आजैदेखि लागु हुने गरी श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओका जिम्मेवारी दिने निर्णय गरेको वरिष्ठ प्रबन्धक दीपक न्यौपानेले जनाएका छन् ।
कम्पनीका सीईओ सन्तोष घिमिरेले दिएको राजीनामा असोज २२ गतेदेखि लागू हुने गरी यसअघिनै स्वीकृत भइसकेको छ ।