भगवती हाइड्रोपावरको लाभांश शेयरधनीको बैंक खातामा जम्मा

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराएको छ । 

कम्पनीको असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले पारित गरेको करसहित १०.७३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । 

Advertisement

कम्पनीले उक्त लाभांश असोज २१ गतेदेखि शेयरधनीको अद्यावधिक बैंक खातामा  पठाइएको जनाएको छ । 

साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई खाता अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ । 

Advertisement

Advertisement