साताको अन्तिम कारोबार दिन ७ अर्बमाथिको कारोबार, नेप्से सूचक २ अकंले मात्र बढ्यो

Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक जम्मा २.४७ अंकले मात्र वृद्धि हुँदा यता कारोबार ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको भएको हो । 

अघिल्लो दिन ४३ अंकमाथिले नेप्से सूचक बढेको बजारमा साढे ५ अर्ब बराबरको कारोबार भएको थियो । 

Advertisement

आज कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी ३३ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २६ करोड ६२ लाख १३ जार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको मूल्य घटेको छ भने १३ वटाको मूल्य स्थिर रहेको छ । १३ वटा उपसूकमध्ये आज बैंकि, फाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ६ वटा उपसूचक ऋणात्मक भएका छन् । 

Advertisement

Advertisement