राष्ट्र बैंकद्वारा कडा निर्देशन जारी- धितोमा राखेको शेयरको मूल्य घटे बैंकले बेचेर असुलउपर गर्ने !

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै सेयर धितो कर्जामा ऋणीले राखेको धितो बापतको सेयरको मूल्य घटेमा उक्त सेयर नै लिलाम (बिक्री) गरेर कर्जा असुलउपर गर्न निर्देशन गरेको हो । 

तर, यस्तोमा ऋणी सेवाग्राहीले धितो सुरक्षण थप्ने मौका भने पाउनेछन् । 

Advertisement

‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ ।

इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ’ बैंकद्धारा जारी निर्देशनमा भनिएको छ । 

तथापि, मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

Advertisement