लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मन्दाकिनी हाडड्रोले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मंसिर ७ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ । 

सभा, नेपाली चुलो, लाजिम्पाट, काठमाडौंमा बिहान ८ बजे बस्नेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । 

त्यसैगरी कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत एजेन्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Advertisement

Advertisement