सानिमा जिआईसीको ११ लाख कित्ता लिलामी शेयर किन्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको कुल ११ लाख ३ हजार ४०५ कित्ता लिलामी शेयरमा आवेदन दिने आज (असोज ५) अन्तिम दिन रहेको छ । 

कम्पनीले असोज २३ गतेदेखि उक्त शेयर बिक्रीमा राखेको थियो । 

Advertisement

इच्छुक खरिदकर्ताले आजसम्म कम्पनीको रजिस्टर्ड कार्यालय टंगाल काठमाडौंमा गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 

प्रतिकित्ता न्यूनतम २५० रुपियाँ तोकिएको यो शेयर संस्थापक शेयरधनी, अन्य व्यक्ति, संघसंस्थाले बोलकबोल प्रक्रियाबाट खरिद गर्न सक्नेछन् । सबैभन्दा बढी मूल्य कबोल गर्नेलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्दा न्यूनतम ७ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

null

 

Advertisement

Advertisement