हिमालयन बैंकको सञ्चालन नाफा २०.२२ प्रतिशतले बढ्यो, यस्ताे छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । हिमालयन बैंकको खुद नाफा ७२ करोड ६४ लाख रुपियाँमा सीमित भएको छ । बैंकले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस्तो देखिएको छ । 

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपियाँ नाफा कमाएको थियो । गत आवको तुलनामा यो ३१.२२ प्रतिशतले कम हो । 

Advertisement

खुद ब्याज आम्दानी प्रभावित हुँदा यसको नाफा घटेकोे हो । समीक्षा अवधिमा बैंकले २ अर्ब ४५ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवको तुलनामा २२.८८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब १७ करोड रुपियाँ थियो  । 

पहिलो त्रैमाससम्म बैंकको सञ्चालन नाफा भने २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड, खराब कर्जा ४.६७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा भने ३ अर्ब ४८ करोड रुपियाँ ऋणात्मक छ ।

नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि प्रभावित बनेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६.०९ रुपियाँले घटेर १३.४२ रुपियाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १७९.६८ रुपियाँ रहेको छ । 

२१ अर्ब ६५ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ७४ करोड रुपियाँ छ । 


 

Advertisement

Advertisement