एनआईसी एशिया बैंकको नाफा ११ करोड ५ लाख, यस्ता छन् प्रमुख सूचक

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रुपियाँमात्रै खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिभन्दा बैंकको नाफा घटेको हो । 

बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधिभन्दा ८९.०६ प्रतिशतले नाफा घटेको हो ।  गत वर्ष बैंकले १ अर्ब १ करोड ३ लाख रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । 

सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपियाँ छ भने प्रतिशेयर आम्दानी २५ रुपियाँ ६७ पैसाले घटेर २ रुपियाँ ९१ पैसामा झरेको छ । यसको प्रतिशेयर नेटवर्थ २०३ रुपियाँ ७९ पैसा छ । 

बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपियाँ छ । 


 

Advertisement

Advertisement