काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा सामान्य बढेको छ ।
समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले बढी हो । गत अवामा बैंकले ८२ करोड ७७ लाख रुपियाँ नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा बढेको हो । गत वर्ष २ करोड २ लाख रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज असोज मसान्तसम्म आइपुग्दा ५ करोड ७१ लाख रुपियाँ रिभर्स भएको छ ।
असोज मसान्तसम्म खुद ब्याज आम्दानी भने १५.७५ प्रतिशतले घटेर १ अर्ब १६ करोड ९० लाख रुपियाँ मा सीमित भएको छ ।
त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा १.४६ रुपियाँले बढेर ३६.५७ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २२७.१३ रुपियाँ छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपियाँ र जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपियाँ सञ्चित छ ।