खराब कर्जा साढे ३ प्रतिशतमाथि रहेको एनएमबि बैंकको वित्तीय प्रगति कस्तो छ ?

Advertisement

काठमाडौं । एनएमबी बैंकले बढ्दो खराब कर्जाको जोखिमका बाबजुद चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय कारोबारमा सुधार गरेको छ । असोज मसान्तसम्म बैंकले १८.९४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अबै १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । 

अघिल्लो वर्षको यसै अवधिमा बैंकले जम्मा ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

Advertisement

समीक्षा अवधिमा बैंकको सन्चालन नाफा झण्डै २६ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यहीँ नाफाले गर्दा बैंकको खुद आम्दानी बढ्न गएको हो । 

यता ब्याज आम्दानीमा भने बैंकले १० प्रतिशतले गुमाएको छ । अघिल्लो वर्ष नै २ अर्ब २३ करोड बढी ब्याज आम्दानी गरेको बैंकले यो वर्ष जम्मा १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ मात्र कमाएको छ ।

प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९५ पैसा रहेको बैंकको वितरणयोग्य नाफा १.६४ प्रतिशतले घटेर १ अर्ब ६ करोड रुपैयाँमा झरेको छ । 

Advertisement

Advertisement