लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रदमा आवेदन दिन आजसम्म शेयरधनी बनिसक्नुपर्ने

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेले निष्कासन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ । 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ९) गते बुक क्लोज गर्दैछ ।

Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो ।

Advertisement

Advertisement