इक्रा नेपालद्वारा ५७.३९ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५७.३९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख २५ हजार १७२ रुपियाँबराबरको नगद लाभांश (करसहित) दिने भएको हो । 

Advertisement

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले १२औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा, मंसिर ३ गते अलफ्ट होटल ठमेल, काठमाडौंमा दिउँसो २ बजेदेखि बस्नेछ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ । 

 

Advertisement

Advertisement