काठमाडौं । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
कम्पनीले आन्तरिक, खुला तथा समावेशी प्रयोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
कम्पनीका अनुसार सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, शाखा अधिकृत, वरिष्ठ सहायक र कम्प्युटर सहायक पदमा पदपूर्ति गरिनेछ ।
इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन पेश गर्नुपर्नेछ । आवेदन मंसिर ६ गतेसम्म दिन सकिनेछ ।