काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।
कम्पनीको असोज १४ गते बसेको ५३औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
आईपीओ निष्कासन प्रयोजनार्थ कम्पनीले आठौं वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा, मंसिर १४ गते दुसित प्रिन्सेस लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ ।
सभाले सर्वसाधारणभा आईपीओ निष्कासन, कम्पनी गाभ्ने÷गाभिने र दोभानखोला हाइड्रोपावर परियोनजामा प्रदान गरिएको ऋण रकमलाई पुँजीकृत गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले तोक्नेछ ।