काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, चालू आवका लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गर्ने भएका छ । तसर्थ, कात्तिक २८ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।