ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछः पुटिन

Advertisement

मस्को (एएनआई) । ब्रिक्स समूहका देशहरूको कूल गार्हस्थ्य उत्पादनको संयुक्त अंश छ सय खर्ब अमेरिकी डलरभन्दा बढी छ ।     
     
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा आयोजित ब्रिक्स व्यापार मञ्चमा ब्रिक्सले आज विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई भविष्यमा पनि यसको भूमिका बढ्दै जाने बताए । 
     
उनले ब्रिक्सका सदस्य राष्ट्रहरू नै वास्तवमा विश्व आर्थिक वृद्धिका चालक भएको बताए । पुटिनको टिप्पणी काजानमा अक्टोबर २२–२४ मा हुने ब्रिक्स शिखर सम्मेलन अघि आएको हो ।     
     
पुटिनलाई उद्धृत गर्दै तास प्रतिवेदनले सन् १९९२ मा विश्वको कूल गार्हस्थ्य उत्पादनमा जि–७ देशको हिस्सा ४५ दशमलव पाँच प्रतिशत रहेको र ब्रिक्स राष्ट्रको हिस्सा १६ दशमलव सात प्रतिशत रहेको उल्लेख गरे । 
     
“सन् २०२३ मा ब्रिक्सको हिस्सा ३७ दशमलव चार प्रतिशत र जि–७ को हिस्सा २९ दशमलव तीन प्रतिशत रहेको छ”, पुटिनले भने, “अन्तर बढ्दै गइरहेको छ र यो बढ्दै जानेछ, यो अपरिहार्य छ ।”     
     
पुटिनले ब्रिक्सले आज मात्र नभई विश्व अर्थतन्त्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।     
     
रुसी अध्यक्षतामा काजानमा हुने १६औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २२ देखि २३ सम्म रुसको भ्रमण गर्दै छन् ।     
     
रूस, भारत र चीनका नेताहरू सन् २००६ मा जी–८ आउटरिच शिखर सम्मेलनमा सेन्ट पिटर्सबर्गमा भेटिएपछि ब्रिक औपचारिक समूहका रूपमा सुरु भयो । ब्रिक विदेशमन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।     
     
सन् २०१० मा न्युयोर्कमा ब्रिक विदेशमन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरिएको थियो । सन् २०२४ म ब्रिक्सको विस्तार इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्सलाई समावेश गर्न गरिएको हो ।     
     
हालसम्म जम्मा १५ वटा ब्रिक्स शिखर सम्मेलन भइसकेका छन् ।     

Advertisement

Advertisement

Advertisement