वीरगन्ज नाकाबाट आयात–निर्यात घट्यो

Advertisement

वीरगञ्ज । वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालू आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । 

Advertisement

गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजारबराबरका सामान आयात भएका थिए । 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालू आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।

चालू आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । 

गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए । 
 

Advertisement

Advertisement