राशिफलः आज (कात्तिक ४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको ४ गते आइतबार, कार्तिक कृष्णपक्षको तृतीया तिथि ।

मेष 
दुविधात्मक सोचले गर्दा कमजोर खालको व्यक्तित्व बन्ने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ । निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । पेशागत जीवनमा सहजताको प्रतिक्षा गरि निरन्तरता दिँदै अघि बढ्ने प्रयास होला । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
बौद्धिकताको कदर हुने छ । भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मिथुन 
परिवारका सदस्यहरुमा केही सुमधुरता आउन थाल्ने छ । कमाईमा बृद्धि हुने छ । यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने छ तर त्यो कडा खाले स्वाभावको हुने छ । शेयर बजार औसत रहने छ । 

कर्कट
बोलीको प्रभाव न्युन हुँदै जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । उदासिन व्यक्तित्वले गर्दा अरुले पनि विश्वास गर्न कठिन मान्ने छन् । जीवनसाथिको साथका कारण जीवनका कठिन क्षणहरुमा पनि मद्धत मिल्ने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । आम्दानीमा गिरावट आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

सिंह
आर्थिक अवस्थामा केही कठिनाईको सामना गर्नु पर्ने छ । झैझगडा र बादबिबादमा फस्ने भन्दा त्यसबाट जोगिनु नै ठुलो कुरा हुने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास भने बढ्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कन्या
यात्रामा सुमधुरता आउने छ । बोलीमा कटुताको बृद्धि हुँदा अरु मानिसहरुले त्यत्ति प्रिय मान्ने छैन् । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै प्रगति नभए पनि कमजोर पनि हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
चुनौतिले भरिएका क्षेत्रमा अघि बढ्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ । दृढ खालको मानिस हुने भएकाले अरुलाई समेत समेटेर लैजाने क्षमता हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

वृश्चिक
शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च हुने छ । चलाख खालको सोचाइमा भने विकास हुने छ । अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर भनि बुझ्ने छन् । भित्रि मनमा भने लद्युताभाषले सताइरहने छ । पेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

धनु 
बोली चर्काे खालको हुने भएकाले झैझगडाको भने खतरा हुने छ । कमाईमा बृद्धि हुँदा अलि घमण्डिपनाले सताउने छ । सुरोपनमा धेरै बृद्धि देखिने हुँदा निर्णयहरु लिनका लागि निकै उत्साह आउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मकर 
यात्रा हुने छ । मित्रहरुका बीचमा प्रोत्साहन मिल्ने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ । बाध्यात्मक कदमका कारण आफैले गरेका बाचाहरु पुरा गर्न निकै कठिन हुने छ । त्यसैले अरुले अविश्वासिलो मानिसका रुपमा अरुले चित्रण गर्ने छन् । व्यक्तित्व भने चलाख नै रहने छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

कुम्भ 
परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । सामाजिक रुपमा कदर प्राप्त हुने छ । पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
नयाँ मानिसहरुसँग भेट हुने र यसले नयाँ अवसर सृजना गर्ने छ । भगवानमाथि विश्वास बढ्ने छ । सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरताको आभाष रहने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । शेयर बजार औसत रहने छ ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement